प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

सडकमा ग्याँस सिलिण्डर अगाडि ‘चुलो’, मोटरसाइकल डोर्‍याएर हेटौंडामा मुल्यवृद्धिको विरोध

२०७९ जेठ १०, मंगलबार १३:५४ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ लगायत भ्रातृ संगठनहरुको संयुक्त आयोजना हेटौंडाको वुद्धचोकमा विरोध प्रर्दशन गरिएको हो ।

मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, नालायक सरकार होसियार लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

htd birod

उनीहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा मोटरसाइकल डो¥याएरका थिए भने ग्याँस सिलिण्डरको मुल्यवृद्धि विरुद्ध सडकमा चुलो बनाएर आगो समेत बालेका थिए । प्रर्दशनमा सहभागीहरुले त्यही चुलोमा चिया समेत बनाएर खाएका थिए ।

साथै, सिलिण्डरमा ‘मैले पकाएर खाएको पनि देखि सकेनौं हैँ ?’ भन्दै सरकारलाई प्रश्न गरिएको थियो । त्यस्तै ‘मोटरसाइकलसंग पेट्रोल साट्ने कोही हुनुहुन्छ ?’ प्रश्न गर्दै ‘सरकारले कुदाउन हैन, डो¥याउन भन्नु भाछ’ भन्दै सरकारलाई ब्यङ्ग्य गरिएको थियो ।