प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारीको ठक्करबाट दुई जनाको मृत्यु

२०७८ चैत्र २०, आईतबार १३:१७ बजे


हेटौंडा – छुट्टाछुट्टै स्थानमा सवारी ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका १८ नयाँटोलमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया मेहरुन खातुन रहेकी छिन् । बेबिलोन सेकेन्डरी बोर्डिङ स्कुलको को १ क १८ ६६ नम्बरको बसले आइतबार बिहान साढे ७ बजे खातुनलाई ठक्कर उनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका १७ कालिन्जोर पुलमा आज ट्रकको ठक्करबाट मोटरसाइक चालकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका २ का २२ वर्षीय सन्दु दासको मृत्यु भएको हो ।

ना ५ ख ८४ ८५ नम्बरको ट्रकले दास सवार ना २९ प २४ ३७ नम्बरको मोटरसाइकललाई आइतबार बिहान साढे ९ बजे ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।