प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बाघ र हात्ती आतंक

२०७९ फाल्गुन ८, सोमबार १३:५३ बजे

हेटौंडा – मकवानपुरको मनहरीमा जंगली हात्तीले आतंक मच्चाएको छ । जिल्लाको मनहरी गाउँपालिका–४ मा पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तिले आतंक मच्चाएको हो ।

मनहरीमा आक्रमणबाट एक जना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा मनहरी ४ मसिने टोलकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् । सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको हो ।

घाइते अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निकुञ्जको जिप तोडफोड
हात्तीको आक्रमणबाट वृद्धा घाइते भएपछि स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको जिप तोडफोड भएका छन् । सोमबार मनहरी ४ का स्थानीयहरुले ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका हुन् । त्यस्तै बस्ने प्रतिक्षालयमा समेत आगजनी गरेका छन्।

यसअघि जंगली जनावरको आक्रमणबाट निकुञ्ज सिमा आसपास बसोवास गर्ने स्थानीयहरुको ज्यान लिएको थियो । विस २०७६ पुसमा मनहरी –३ मेलडाँडाकी मैया थापा र २०७८ कार्तिकमा मनहरी–५ बस्ने सोमबहादुर राईको हात्तिको आक्रमणबाट ज्यान गएको थियो ।

मनहरी गाउँपालिका ४ र ५ का विभिन्न क्षेत्रमा निकुञ्जको जंगली जनावरहरुले आतंक मच्चाउने गरेको छ । निकुञ्जको जंगली जनावरहरुले स्थानीयले लगाएको गहुँ बाली, आलु काउली लगाएत तरकारी खेती समेत नष्ट गर्दै आइरहेको छ ।

यसअघि माघ २५ बुधबार हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो भने हेटौंडा उपमहानगरसंगै मकवानपुरगढी र बकैया गाउँपालिकाको स्थानीयको पशुचौपाया समेत खाएको थियो ।

तस्वीरः विकल्प चौलागाईको फेसबुकबाट 

यो पनि पढ्नुहोस् 

हेटौंडामा बाघको आतंक

मकवानपुरमा बाघ आतंक: गाउँ गाउँ चार्दै, पशुचौपाया मार्दै