प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा गाँजा सहित एक जना पक्राउ

२०८० जेठ ११, बिहीबार ०१:५८ बजे

हेटौंडा – मकवानपुर प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नं.२ फेदिगाउँबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५५ बर्षीय सुर्य तामाङ रहेका छन् ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले बिहिबार साँझ तामाङको घरमा लुकाई छिपाई राखेको १८ वटा सानासाना पोका लागुऔषध गाँजाको धुलो फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार फेला पारेको लागुऔषध गाँजाको धुलो तौल गर्न बाँकी छ । गाँजा सहित तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।