प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर मतगणना अपडेटः १९ वटा वडाको फाइनल, कहाँ कसले बाजी मारे ?

२०७९ जेठ १, आईतबार ०३:४५ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन मतगणना अन्तर्गत मकवानपुरको १ सय २ वडा मध्ये १९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

पालिकामध्य भिमफेदीको ४, कैलाशको ३, मनहरी, मकवानपुरगढी, बकैंया, थाहा नगर, इन्द्रसरोवरको २–२, राक्सिराङ र बागमतीको १–१ वडाको मत परिणामा सार्वजनिक भएको छ ।

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ७ वडा जित्दा नेकपा एमालेले ४ वटा वडामा जित हाँसिल गरेको छ ।

 कहाँ कसले बाजी मारे ?

भिमफेदी गाउँपालिका
(१) सोम बहादुर स्याङ्तान(नेका)
(२) कासिराम बन्यु(एमाले)
(३)पृति लाल लामा (माओवादी)
(४)सागर पाण्डे(एमाले)

कैलाश गाउँपालिका
(१) तेज बहादुर ब्लोन(नेका)
(२)राजेन्द्र तामाङ घिसिङ(नेका)
(१०) सुर्य बहादुर ब्लोन(एमाले)

थाहा नगरापलिका
(१)हेरमान गोपाली(माओवादी)
(२)बमबहादुर सिंतान(माओवादी)

बकैया गाउँपालिका
(१)आशिष तितुङ(माओवादी)
(२)विश्‍वराज स्‍याङतान(माओवादी)

मनहरी गाउँपालिका
(१) शिव प्रसाद खनाल(नेका)
(२)राजकुमार पाख्रीन(माओवादी)

मकवानपुरगढी गाउँपालिका
(१) आइत सिंह लो(नेका)
(८) कुमार घिसिंङ(नेका)

इन्द्रसरोबर गाउँपालिका
(१) सुवास थापा(नेका)
(२)सुमन श्रेष्ठ(नेका)

बागमती गाउँपालिका
(१) यहुन्ना राई(माओवादी)

राक्सिराङ गाउँपालिका
(१)बाबीराम मुक्तान(एमाले)