हेटौंडा – मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा(ख)मा गठबन्धनका उम्मेदवार बानियाँ विजयी विजयी भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ नेकपा एमालेका लाल बहादुर थापालाई १ हजार ७८२ मतले पराजित गर्दै विजयी भएका हुन् ।
जिल्लाको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अुनसार खसेको ४० हजार ५९९ मतमा बानियाँले १८ हजार ७१७ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्वन्दी एकालेका थापाले मत १६ हजार ९३५ प्राप्त गरेका छन् । आधिकारिक घाेषणा भने हुन बाँकी रहेकाे छ ।
बानियाँ यसअघि २०७४ को निर्वाचन सोही क्षेत्रमा चुनाव जितेका थिए । त्यसबेला एकालेकै वामपन्थी गठबन्धनका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति हुँदै विजयीको टिका लगाएका बानिँयाले २०७० पनि चुनाव जितेका थिए। त्यस बेला ५५ वर्षपछि बानियाँले मकवानपुर १ मा २०७० को निर्वाचनमा विजयी हासिल गर्दै काँग्रेसको पुनः बिउ रोप्न सफल भएका थिए।
बानियाँ मकवानपुरमा कांग्रेसबाट लगातार तीन पटक चुनाव जित्ने पहिलो नेता हुन् । प्रमाणपत्र तहसम्म अध्यनन गरेका बानियाँ सांसदसँगै सफल व्यवसायी पनि हुन् ।