प्रहर खबर
 २०८१ बैशाख ६, बिहीबार    

मकवानपुरगढीमा फुटसल प्रतियोगिता सुरु

२०७९ आश्विन १३, बिहीबार ०२:१३ बजे

हेटौंडा – पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आठ ओटा खेल सम्पन्न भएका छन् । 

उद्घाटन खेलमा  साविक विजेता सौजन्य युवा क्लब, देविडाँडा युवा क्लब, आयोजक गढी स्टार स्पोर्टस् क्लब, प्रतिभा युवा क्लब, वडा नं.८, गढी स्टार बि विजयी भएको छन् । 

मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा भएको खेलमा सौजन्यले नेष्टकला सस्थालाई १६–१, देविडाँडाले आमभञ्याङ युवा क्लबलाई ६–४, गढी स्टारले सेर्गे गुम्बलाई ११–०, प्रतिभाले शिखरकटेरी युवा समुहलाई १०–१ ले, वडा नं.८ ले रानीसेरा युवा क्लबलाई ७–२, गढी स्टार बिले उद्यमशिल युवा क्बललाई ३–२ ले हराएको थियो ।

त्यस्तै नवजागृती क्लब र नागरिक सचेतले २–२ गोल तथा उर्गेन गुरु युवा क्लब र वडा नं.५ ले २–२ गोलको बराबरी खेलेका छन् ।आज (विहिबार) ११ वटा खेल हुने आयोजक गढी स्टार स्पोट्स क्लबले जनाएको छ ।

यस संस्करणमा प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १६ वटा टोलीको सहभागिता रहेको छ ।

फाइनल खेल यही १५ गते हुनेछ । बिजयादशमीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।