काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
छापावाल सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम गरेको महासंघले जनाएको छ । बुधबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा हजार रुपैयाँले नै घटेर ९७ हजार ५०० कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ गिरावट आएर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।