प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा टिपरले स्कुटर र मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एक घाइते

२०८० असार १०, आईतबार ०५:३८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ चौकिटोलमा टिपरले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

हेटौंडा–भैंसे सडक खण्डमा बुद्धचोकबाट भैंसेतर्फ जाँदै गरेको टिपरले विपरित दिशाबाट जाँदै गरेका बागमती प्रदेश–०३–००२ प ९० ४४ नम्बरको स्कुटर र बा ६३ प ३१ २० नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी साढे ७ बजे एक्कैसाथ ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार हेटौंडा उपमहानगरपालिका वडा नं. १ जरुवाटोल बस्ने अन्दाजी २५ वर्षीय सुमित कपालीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी चौकी चौकिटोलले जनाएको छ ।

घाइते भऐका स्कुटर चालक हेटौंडा उपमहानगरपालिका वडा नं. १० राप्तिरोड बस्ने २४ वर्षीय नितेश श्रेष्ठको सन्चो अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।