हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा पुनः निर्वाचित भएका छन् उनले पाँच दलीय गठवन्नधको तर्फबाट नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई ३८२ मतले पराजित गरेका हुन् ।
लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।
उपाध्यक्षमा गठवन्धनबाट कांग्रेसका संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५३१५ मत प्राप्त गरे । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । निवर्तमान उपाध्यक्ष समेत रहेकी राना १६ मतान्तरले पराजित भएकी हुन् ।