मकवानपुर — बागमती गाउँपालिका–८, भुबनचुली चौराखोलास्थित कालीखोला पुलबाट हाम फाल्दा एक युवक गम्भीर घाइते भएका छन्।
मादक पदार्थ सेवन गरेका बागमती गाउँपालिका–८, सात तले बस्ने वर्ष अन्दाजी २० का पेमा नेगीले कालीखोलाको पुलबाट (अन्दाजी १०/१२ मिटर उचाइ) हाम फालेपछि घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक बुझाइ अनुसार नेगीको बाँया खुट्टा भाँचिएको र दायाँ खुट्टा तथा निधारमा चोट लागेको पाइएको छ। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ।
उपचारका क्रममा नेगीको दिदी विष्णु माया पाख्रिन समेत संलग्न रहेकी छन्।