हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा हालसम्म १८ सय मतगणना भएको छ । मकवानपुरगढीको वडा नं.१ मा ९ सय र वडा नं.९ सय मतगणना भएको हो ।
जसमा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले अग्रता बनाएका छन् । उनले १ हजार ३७ मत प्राप्त गरेका छन् । लामाका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विदुर हुँमागाईले ५४७ मत ल्याएका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानकुमारी नेपाली (पाख्रिन)ले अग्रता बनाएकी छन् । उनले ८९५ मत प्राप्त गरेकी छन् भने एमालेकी सन्तु थिङले ५५४ मत ल्याएकी छन् ।