प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढी र त्रिखण्डीमा भक्तजनको भीड

२०७९ कार्तिक १८, शुक्रबार ०५:४२ बजे

हेटौंडा – आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आज(शुक्रबार)मकवानपुरको मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको त्रिखण्डी मन्दिरमा बिशेष मेला लागेको छ ।

भिमफदी गाउँपालिकामा रहेको त्रिखण्डी र मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी बंशगोपाल मन्दिरमा बर्षेनी एकादशी मेला लाग्ने गरेको छ । दुबै धार्मिकस्थलहरुमा भक्तजनहरुको विहानैदेखि भक्तजनको भिड लागेको छ ।

मकवानपुरगढी र त्रिखण्डी मन्दिरमा पुजा गर्ने मात्रै होइन् । मेला हेर्न आउनेहरुको बिहानै देखि भीड बढ्न थालेको छ । सो स्थानमा लाग्ने मेला हेर्न मकवानपुरवासी मात्र नभई अन्य छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने गनेका छन् । दुवै स्थानमा सुरक्षाकर्मी बिहानैबाट परिचालन गरिएको छ ।

आजको दिन विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दु नेपालीहरुले घरघरमा रहेका तुलसीको मठलाई दुलहीझैं सिँगारेर तुलसीको बिहे गरिदिने परम्परा छ । साथै विभिन्न धार्मिक स्थलहरुमा पुगेर विष्णुको पूजा आरधना गर्ने प्रचलन छ ।