प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एपिएफ मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि आर्मीसंग भिड्ने

२०७९ जेठ २२, आईतबार ०७:३३ बजे

हेटौंडा – विभागीय टोली एपिएफ फुटबल क्लब हेटौंडामा जारी चौथो सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको आज(आइतबार)को पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

apf 2

एपिएफलाई सहज जित दिलाउनका लागि नविन लामा, सबिन गुरुङ र रबि थिङ्गले एक–एक गोल गरे । खेलको २९ औँ मिनेटमा नविन लामाले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । फ्रेण्डसका डिफेण्डर आशिष गुरुङले डिबक्सभित्र नविन लामालाई फउल गरेपछि एपिएफ पेनाल्टी भएको थियो ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ७७ औं मिनटमा सबिन गुरुङले गोल गर्दै २–० को अग्रता दिलाए । गुरुङले पोष्टको दाँया कुना च्याप्दै गरेको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षकले बचाउने प्रयास गरेपनि जोगाउन सकेन ।

खेलको इन्जुरी समयमा एपिएफले अग्रता तेब्बर बनायो । एपिएफका रबि थिङ्गले फ्रेन्ड्सका गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै टोलीलाई ३–० को सहज जित दिलाए । वान भर्सेस वानको अवस्थामा रबिको प्रहार गोलमा परिणत भयो ।

एपीएफका प्रदीप लामा यस खेलका अफ द म्याच घोषित भएका छन् । उनले नगद १० हजार प्राप्त गरे ।

apf 3

जितसँगै एपिएफ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले सेमिफाइनल प्रवेशको लागि अर्को बिभागिय टोली त्रिभुवन आर्मी फुटबल क्बलको सामना गर्नेछ । आर्मी र एपिएफविचको खेल भोली जेठ २३ गते सोमबार दिउँसो ३ बजे हुनेछ ।

त्यस्तै आजको दोस्रो खेल दिउँसो ३ बजे खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

apf vs frienda htd1654415352

विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले बुलेट बाईक प्राप्त गर्नेछन् । 

प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।