हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा घाईते भएका युवकलाई थप उपचारको लागि भरतपुर रिफर गरिएको छ ।
प्रहरीका अनुसार बिहिबार हेटौडा–८ कमाने बिकास टोलस्थित भित्रि सडकखण्डमा नम्बर नखुलेको मोटरसाइलक आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २८ वर्षीय बिष्णु ग्यावा घाइते भएका थिए । उनी स्थानीय मेडिकलमा सामन्य उपचारपश्चात घर गएर बसेका थिए
आइतबार एक्कसी स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि हेटौडा अस्पतालमा ल्याएको थियो । त्यहाँ उपचार सम्भव नदेखिएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
उनका अनुसार ग्यावाको अवस्था गम्भीर रहेको छ । उनको तीन वटा करङ फ्याक्चर भएको र फोक्सोमा हावा छिरेको अस्पातालले जानकारी दिएको उनले बताए ।