हेटौंडा – मकवानपुर प्रहरीले चोरी भएको एक थान मोटरसाइकल फेला परी सम्बन्धित धनीलाई बुझाएको छ । जिल्लाको बकैया गाँउपालिका–३ हात्तीसुडेबाट चोरी भएको बा.प्र.०३–००२ प १५७७ नम्बरको मोटरसाइकट धनि कृष्ण घिमिरेलाई बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार माघ २९ गते घिमिरेको आफ्नै घर अगाडी पार्कीङ गरेर राखेको एन.एस.२०० सि.सि.को पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि घिमिरेले प्रहरीमा उजुरी दिएका थिए ।
खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ८ गते सर्लाही बागमती नगरपालिका वडा नं.१ डाबडांडाबाट उक्त मोटरसाइकल फेला परेको थियो । बिहिबार कार्यालयमै बोलाएर मोटरसाइकल धनि घिमिरेलाई चाबी हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले मोटरसाइकल चोरी संलग्न दुई जनालाई पक्राउ गर्दा चार वटा मोटरसाइकल समेत बरामद गरेको थियो ।