प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

बकैयाका २१ हजार ६ सय ३८ ले बाक्सामा मत खसाले, कुन वडामा कति ?

२०७९ बैशाख ३०, शुक्रबार १६:४७ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा ७२.२६ प्रतिशत मत खसेको छ । गाउँपालिकामा २९ हजार ९४३ मत रहेकोमा शुक्रबार मतदानमा २१ हजार ६ सय ३८ ले मतदान गरेका हुन् ।

१२ वडा रहेको गाउँपालिकामा ११ हजार ३५ जना पुरुष र १० हजार ६०२ जना महिलाले मतदान गरेका हुन् । पालिकाको १२ वटै वडाहरुबाट मतपेटिका संकलनको कार्य भईरहेको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्द राज पोखरेलले जानकारी दिए । उनले मतपेटिक संकलन भएपछि सर्वदलिय बैठक बसेर शुक्रबार रातीबाट मतगणना सुरु गर्ने तयारी रहेको समेत जानकारी दिए ।

कुन वडामा कति खस्यो मत ?
वडा नम्बर १ मा १ हजार ५७५, २ मा १ हजार १२२, ३ मा २ हजार ५०, ४ मा २ हजार ७७८, ५ मा २ हजार ६१, ६ मा १ हजार ९९९, ७ मा २ हजार ७८४, ८ मा १ हजार ७९७, ९ मा १ हजार ६६६, १० मा १ हजार ४०७, ११ मा १ हजार २५७, र १२ मा १ हजार १४२ मत खसेको छ ।

1234 bakaiya