हेटौंडा – मकवानपुरको हेटौंडामा वेवारिसे शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङ स्थित सुकुम्बासी टोल नजिकै राप्ती खोलाको बगरमा मंगलबार नाम, थर र वतन खुल्न नसकेको एक पुरुषको शव फेला परेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मृत फेला पर्ने पुरुष अन्दाजी ३० देखि ३५ वर्षको रहेका छन् । उक्त शव खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । पुरुषको शव पोष्टमार्टम र पहिचानका लागि हेटौंडा अस्पतालमा राखिएको छ । मृतकको पहिचान खुलाउने साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।