हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१ को ४ सय मत गणना हुँदा मेयरमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीकी मिना कुमारी लामाको अग्रता लिएकी छन् ।
मिनाले १ सय ३८ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अनन्त पौडेलले १ सय ३४ र राप्रपाका दिपक बहादुर सिंहले ८२ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले १ सय ७६ मत, नेकपा एमालेकी सुमित्रा काफ्लेले १ सय ५९ मत र राप्रपाकी इन्दिरा न्यौपानेले २६ मत ल्याएकी छिन् ।
वडाअध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेविच कडाप्रतिस्पर्धा देखिन्छ । कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवारले १ सय ८९ र एमालेका उम्मेदवारले १ सय ८४ मत पाएका छन् । राप्रपाले २६ मत ल्याएको छ ।