प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा धमाधम मतदान (फाेटाेफिचर)

२०७९ मंसिर ४, आईतबार ०३:२३ बजे

हेटौंडा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मकवानपुर जिल्लाभर एकसाथ सुरु भएको छ । आइतबार बिहान ७ बजेदेखि जिल्लाको सबै मतदान केन्द्रमा एकसाथ मतदान सुरु भएको हो । 

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य चुन्न जिल्लाको १ सय ६७ मतदानस्थलका ३ सय ६४ केन्द्रमा मतदान सुरु भएको हो । मतदाताहरू विहानैदेखि मतदानस्थलमा लाइन लागेका छन् । मतदान शान्तिपुर्ण र उत्साह जनकरुपमा भईरहेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।