प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

छैटौँ संस्करणको मकवानपुरगढी रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता सोमबारदेखि

२०८० आश्विन २३, मंगलबार २०:२४ बजे

फाइल तस्बीर 

हेटौंडा – छैटौँ सस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता यही असोज २९ गते सोमबारदेखि सुरु हुने भएको छ । आयोजक गढी स्टार स्पोर्टस् क्लबले मंगलबार सुचना जारी गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।

गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजु दुलालले फुटसल खेल र खेलाडीको क्षमता विकास तथा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिताको तयारी धमाधम भइरहेको पनि उनले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार, उपविजेता टिमले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिताको संयोजक तथा क्लबका सचिव विदुर हुँमागाईले जानकारी दिए ।

प्रतियोगिता मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने अनुमान छ ।

प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् भने खेल लिग कम अकआउट विधिबाट खेलाइनेछ ।  बिजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको सुचना र नियमहरु यस्ता छन्