प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा वृद्ध दम्पती मृत भेटिए

२०८० जेठ २७, शनिबार ०८:१५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उमपहानगरपालिका वडा नं.१ चाइनाक्वाटरमा एक वृद्ध दम्पती मृत भेटिएका छन् । शुक्रबार साँझ स्थानीय ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरु आफ्नै तिन तले पक्की घरमाथीको ट्रसले छाएको पुजा कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु कान्छो छोरा बुहारीसंग बस्दै आएको प्रहरीले जनाएको छ ।