हेटौंडा – जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका १२ देउरालीमा मंगलबार साँझ ग ३ च ४१८२ नम्बरको जिपले बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर, भिमफेदी गाउँपालिका–१ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २३ वर्षीय दिपेश गोले रहेका छन् । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको मोटरसाइकललाई मंगलबार साँझ ६ बजे बिपरित दिशाबाट जाँदै गरेको जिपले ठक्कर दिएको हो । जिप सहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।