हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडी खोलाको लामिटार जंगलमा अजिंगर फेला परेको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलका अनुुसार उक्त अजिंगर साढे ३२ किलो रहेको छ ।
घर नजिकको जंगलमा अजिंगर देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । अजिंगरले हाँडी खोलाको लामिटार जंगलमा बोका मारेको बताईएको छ । लामिटारका लक्ष्मण राईको जंगलमा चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाहरूले अजिंगर नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइको छ।
केही दिन अघि घाँस दाउरा गर्न गएका स्थानीयलाई समेत अजिंगरले आक्रमणको प्रयास गरेको थियो। निकुञ्जका कर्मचारीले सो अजिंगरलाई निकुञ्जको ‘कोर एरिया’ मा लगेर छोडेको जनाएको छ ।