मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बैसाली पातेपुर थाना खदनापुरा गाउँ बस्ने ३२ वर्षीय अली हुसेन र भारत बेतिया रामनगर थाना बस्ने ३० वर्षीय सुरज कुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ३७६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।