प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जब मकवानपुर प्रहरीको नजर कोसेलीमा पर्यो...

२०८० कार्तिक १२, आईतबार १९:११ बजे

हेटौंडा – विभिन्न कारण टाडिएको परिवार तथा आफन्तहरुलाई चार्डवार्डले भेट गराउँछ । भेटघाट गर्दा कोसेली ल्याउने लैजाने नेपालीहरुको साँझा परम्परा हो । मतुवाली समुदायमा सुगनकै रुपमा प्रयोग घरेलु मदिरा(रक्सी)प्रमुख कोसेली हो । 

त्यहीको कोसेली बोकेर कान्तिलोकप हुँदै हेटौंडाबाट काठमाडौं जाँदै थिए घरका सदस्य तथा आफन्त । बकैंया गाउँपालिका वडा नं.१२ ठिंगनमा पुगेपछि नेपाल प्रहरीको नजर कोसेली रक्सीमा पर्छ । 

प्रहरीले गाडीमा सवार यात्रुको कोसेली झोलाबाट निकालेर ढलमा फल्न लगाउँछन् । शनिबार मात्रै इलाका प्रहरी कार्यालय ठिंगनको टोलीले मिनिलर वाटर, कोक तथा डियूका बोत्तलमा ल्याएका करिब ३७५ बोत्तल घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नेपाल बहुजाति र बहुसास्कृतिक देश हो । यहाँ हरेक समुदायको आफ्नै आफ्नै सस्कार, परम्परा, रितिरिवाज, चालचलन रहेको छ । यस्तो नेपालीको संस्कृतिमाथि नै हस्तक्षेप गर्ने गरी मदिरा नष्ट गर्नु गलत भएको जानकारहरु बताउँछन् ।