हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को मतगणना सुरु भएको छ । प्राप्त जानकारी अनुसार वडा नं.५ को १०० मत गणना हुँदा वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुशिल घिमिरेले लोकप्रिय मत पाएका छन् । उनले १०० मध्ये ६४ मत प्राप्त गरेका छन् ।
त्यसपछि उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले लोकप्रिय मत पाएका छन् । उनले १०० मत गणना हुँदा ६० मत पाएका छन् ।
मेयर
अन्नत पौडेल (सुर्य)– ३२
मिना कुमारी लामा(कलम)– २१
दिपक बहादुर सिंह (हलो)–४१
उपमेयरमा
सुमित्रा काफ्ले(सुर्य)– २६
राजेश बानियाँ (रुख)– ६०
इन्दिरा न्यौपाने(हलो)–८
वडा अध्यक्ष पदमा
हयग्रीब उपाध्याय आचार्य(रुख) १९
सुशिल घिमिरे(सुर्य) ६४
रामकृष्ण श्रेष्ठ (हलो) ६
बिशालराज महत(धारा) ५