प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

मतगणना अपडेटः हेटौंडामा सुर्य कलमको पछिपछि, हलो तेस्रो स्थानमा

२०७९ जेठ ५, बिहीबार ०५:१८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ५१ हजार १११ मतगणना हुँदा मेयर पदमा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा अगाडि लागेकी छन् । उनले १५ हजार ८२६ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले १४ हजार ९७६ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका दिपकबहादुर सिंहले १४ हजार ४१७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार राजेश बानियाँले २३ हजार २ मत प्राप्त गरेका छन् । एमालेकी सुमित्रा काफ्ले १६ हजार ७३५ मत प्राप्त गर्दा राप्रपाकी उपमेयरका उम्मेदवार इन्दिरा न्यौपानेले ३ हजार ५९४ मत प्राप्त गरेकी छन् ।