हेटौंडा – मकवानपुरको हेटौंडामा एक युवकले आफ्नै संवेदनशील अंग (लिङ्ग) काटेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कस्थित एक होटलमा मकवानपुरगढी गाउँपालिका–७ का २२ वर्षीय एक युवकले लिङ्ग काटेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको कोठा नम्बर १ मा बुधवार राती १० बजेको समयमा युवकले आफ्नैसंवेदनशील अंग काटेर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार संवेदनशील अंग काटेर घाइते भएका युवक राती पौने १२ बजे हेटौंडा अस्पतालमा उपचारका लागि पुगेका थिए ।
हेटौंडा अस्पतालमा उपचार सम्भाव नभएपछि उनलाई थप उपचारको लागि गएराति नै भरतपुर पठाइएको प्रहरीले जनाएको छ । उनले आफैले आफ्नो लिंग काटेको प्रहरीलाई बयान दिएको बताईएको छ। युवकले आफ्नै संवेदनशील अंग काट्नुको कारण खुलेको छैन् ।
नेपालमा आफ्नै लिङ्ग काट्ने घटना नयाँ भने होइन् । यसअघि मोरङको लेटाङ नगरपालिका–३ मिलन चोक निवासी २२ वर्षीय एक युवकले आफ्नै लिङ्ग काटेका थिए भने मन विचलित भएको भन्दै काभ्रेपलाञ्चोक जिल्ला मण्डन महादेवस्थान–३ स्थित कश्यपेश्वर महादेवको मन्दिरमा बस्दै आएका एक महादेवभक्त जोगीले आफ्नै लिंग छेदन गरेका थिए ।
सच्याईएको*