हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११ शान्तिचोकमा एक घरमा आगलागी तीन लाख बढी क्षती भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घरमा भएको मसला पिस्ने मिल, घरका जिन्सी सामाग्री गरी तीन लाख पचास हजार बराबरको क्षती भएको हो ।
बिहीबार स्थानीय राम प्रसाद अधिकारीको ब्लकको गारो, जस्ताको छानो भएको एक तले घरमा बिजुली सर्ट भएर आगोलागी भएको थियो ।
आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी, दमकल, र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोलागीबाट मानविय तथा चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।