प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

वाग्मती प्रदेशको ३ सय सामुदायिक बिद्यालयलाई सुचना प्रबिधीमा जोड्न ५५ करोड

२०७९ असार ८, बुधबार २१:५५ बजे

हेटौंडा – वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका ३ सयवटा सामुदायिक विद्यालयहरुलार्य सुचना, प्रबिधी र बिज्ञानसंग जोड्को लागि आगामी आर्थिक बर्षको लागि ५५ करोड रकम बिनियोजन गरिएको बताउनुभएको छ । उहाँको अनुसार प्रदेशका १ सय सामुदायिक आधारभूत विद्यालय र २ सय सामुदायिक माध्यमिक विद्यालयको छनौट गरी उपलब्धि सूचकका आधारमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका सिकाई उपलब्धि बढाउने कार्यका लागि पुँजीगत अनुदान विनियोजन गरिएको हो ।

सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका सामुदायिक बिद्यालयहरुको नतिजा सुधार गर्नको लागि विद्यालय शिक्षामा नतिजा सुधारका लागि विद्यार्थी केन्द्रित विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक बर्षमा प्रदेश भित्रका रहेका १ सय सामुदायिक आधारभूत विद्यालय र २ सय सामुदायिक माध्यमिक विद्यालयको छनौट गरी व्यवस्थापन सुधारको लक्ष्य सहित अनुदान दिन रु. २५ करोड विनियोजन गरेको मन्त्री मोक्तानको भनाई छ । उक्त कार्यक्रमको लागि संघीय सरकारसँगको समन्वयमा प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिने सामाजिक विकास मन्त्री मोक्तानले बताउनुभयो । उहाँको अनुसार विद्यालयमा जाने अनुदानलाई शैक्षिक नतिजासँग आवद्ध गर्न उपलब्धि सूचकहरु निर्धारण गरिनेछ । थ्त्यसैगरी माध्यमिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न समेत बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अबको शिक्षा मा प्रबिधी र ब्यबसाय नजोडेसम्म उपलब्धी हासिल हुन नसक्ने बताउदै मन्त्री लामाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत संचालित शिक्षालयहरुको भौतिक पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धि गरिने जनाउनुभयो । यसको लागि सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापना गरिने र सिन्धुपाल्चोकमा निर्माणाधीन दिनेश–रामजी प्राविधिक शिक्षालय आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले जनाउनुभयो ।

सामुदायिक विद्यालयको कक्षा ११ र १२ वा सो सरहमा प्राविधिक विषय अध्ययन गर्ने अल्पसंख्यक, लोपोन्मुख, अति सीमान्तकृत, विपन्न दलित समुदायका छात्रछात्रा मध्ये प्रति स्थानीय तह एक जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न र सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रालाई प्रदान गरिने छात्रवृत्तिका समेत बजेट छुट्याइएको मन्त्री मोक्तनले जानकारी दिनुभयो । आगामी वर्ष पाँच विद्यालयलाई आवासीय विद्यालयको रुपमा स्तरोन्नति गरी लोपोन्मुख, अति सीमान्तकृत, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गरिने उहाँले बताउनुभयो ।

प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया शुरु गरिने र ।उच्च शिक्षा परिषद् सचिवालय ब्यवस्थापन र संभाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरिने मन्त्री मोक्तानले बताउनुभयो । प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गर्न र हाल संचालित बाल विकास केन्द्रहरुको भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्टयाउनुको साथै स्थानीय तहलाई बालमैत्री संरचनाहरु स्थापना गर्न प्रोत्साहित गरिने उहाँले जनाउनुभयो ।

मकवानपुरको ग्रामिणक्षेत्रको बिद्यालयहरुमा सुचना प्रबिधी र बिज्ञान प्रयोगशाला बन्ने
मकवानपुरका ग्रामिण क्षेत्रहरुमा रहेका २५ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला र ५ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा मकवानपुरमा ३० विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला र विषयगत प्रयोगशाला स्थापना हुने भएको हो ।

प्रदेश सरकारले विज्ञान प्रयोगशाला स्थापना गर्न प्रतिविद्यालय १२ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ भने सूचना प्रविधि प्रयोगशालाका लागि प्रतिविद्यालय १५ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ ।

मकवानपुरको बागमती गाउँपालिका–२, राईगाउँस्थित बागमती माध्यामिक विद्यालय, मकवानपुरगढी गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, ईन्द्रसरोवर गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय, मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय, कैलाश गाउँपालिका–३, कटुन्जेस्थित भवानी माध्यमिक विद्यालय, मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ मावि, बकैया गाउँपालिका–५ स्थित प्रभात मावि, भीमफेदी गाउँपालिका–१, सानुटारस्थित राष्ट्रिय मावि, मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरस्थित रुपनारायण मावि, हेटौंडा–३, लेवटस्थित बाल उज्ज्वल मावि, हेटौंडा–१८, हर्नामाडीस्थित गोरक्षनाथ मावि, हेटौंडा–४, कर्रास्थित श्रमिक मावि, हेटौंडा–६, चौघडास्थित वंशगोपाल मावि, ईन्द्रसरोवर गाउँपालिका–५, चखेलस्थित कालीदेवी माविमा सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि बजेट उपलब्ध गराइएको छ ।

यस्तै कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति मावि, बागमती गाउँपालिका–८ स्थित जनता मावि, हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन मावि, भीमफेदी–८ स्थित पञ्चकन्या मावि, बागमती–९ स्थित बाघभैरव मावि, भीमफेदी–४ स्थित बाराही मावि, भीमफेदी–५ स्थित महालक्ष्मी मावि, हेटौंडा–१३ स्थित महेन्द्र मावि, भीमफेदी–६ स्थित महेन्द्र मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि र मकवानपुरगढी–५ स्थित शारदा माविलाई पनि सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि बजेट उपलब्ध गराइने भएको छ ।
यस्तै विज्ञान प्रयोगशालाअन्तर्गत ईन्द्रसरोवर–२ स्थित पञ्चकन्या मावि, थाहा नगरपालिका–६ स्थित बज्रबाराही मावि, बकैया–९ स्थित बाघभैरव मावि, भीमफेदी–७ स्थित मावि कोगटे र ईन्द्रसरोवर–५ स्थित महाचुनी माविलाई बजेट उपलब्ध गराइँदैछ ।अञ्जली थापा(रासस)