प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

काठमाडौंबाट आउँदै गरेको सुमो मकवानपुरमा दुर्घटना

२०८१ जेठ ११, शुक्रबार ०९:५३ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा बिहीबार टाटा सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०३–००१ ज ०२८० नम्बरको सुमो आफै अनियन्त्रित भएर भित्तामा ठोक्किँएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेहरुमा रौतहट कटहरीया नगरपालिका–४ बस्ने बर्ष २० को समिर रहमान, कटहरीया–२ बस्ने बर्ष २६ की मनिषा ठाकुर, सोही स्थान बस्ने बर्ष २४ को शेख जोवर, दोलखा भिमेश्वर नगरपालिका–५ बस्ने बर्ष ३२ की मन्जु तामाङ, सर्लाही हरिवन नगरपालिका–१ बस्ने बर्ष २८ की अनिता तामाङ, सोही स्थान बस्ने बर्ष २९ की सर्मिला तामाङ रहेका छन् ।

सबै घाइतेहरुको भीमफेदी स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर