प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

२०७९ आश्विन १२, बुधबार १४:४१ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माज्यूले आज बुधबार ( १२ असोज २०७९) मा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि ११ असोज २०७९ मा पेश हुन आएको अध्यादेश प्रमुख शर्माले आज बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ ।