हेटौंडा – मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रणको लागि कुकुरलाई गर्भनिरोधक खोप लगाउने भएको छ । नगरपालिकाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नगरभित्र रहेका पोथी कुकुरलाई खोप लगाएर कुकुर उत्पादन नियन्त्रण गर्न लागिएको जानकारी दिएको हो ।
नगरपालिकाले सुचनामार्फत आफ्नो वडाका सम्बन्धित प्रविधिकसंग सम्पर्क गरी आफ्नो घरगाउँमा आश्रित पोथी कुकुरलाई खोप लगाउन आग्रह समेत गरेको छ । खोप अभियानलाई प्रभावकारी बनाउनको लागि नगरपालिकाभित्रका १२ वटा वडामा चार जना प्रविधिक खटाएको छ ।
.jpg)