प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा बस पल्टियो

२०७९ भाद्र ५, आईतबार १२:५० बजे

हेटौंडा - पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-८ मा यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको ना५ख ५६०४ नं.को बस मनहरी-८ सिमपानीस्थीत आफैं अनियन्त्रित भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परि १६ जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइ रहेको कार्कीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते भएकाहरुको नामावली:-

१.जिल्ला चितवन खैरहनी न.पा.९ बस्ने वर्ष ४४ की पुष्पा चौधरी-दुबै हात खुट्टामा चोट अबस्था मध्यम ।

२.जिल्ला बारा कोल्बी न.पा.११ बस्ने वर्ष ३४ को सिता चौधरी-दुबै खुट्टामा चोट अबस्था मध्यम ।

३.जिल्ला मकवानपुर भिमफेदी गा.पा.९ बस्ने वर्ष २२ को यमुना बर्तौला -दुबै खुट्टामा चोट अबस्था मध्यम ।

४.ऐ.ऐ.हे.उ.म.न.पा.१९ बसामाडी बस्ने वर्ष ३९ को सुनिता श्रेष्ठ-टाउकोमा चोट अबस्था मध्यम ।

५.जिल्ला चितवन रत्न नगरपालिका ५ बस्ने वर्ष ३१को सकुन्तला राना -टाउकोमा चोट अबस्था मध्यम ।

६.जिल्ला मकवानपुर हे.उ.म.न.पा.२ बस्ने वर्ष ४० को प्रमोद ढोडारी -अनुहारमा चोट अबस्था सामान्य ।

७.ऐ.ऐ.बस्ने वर्ष ३५ की प्रतिज्ञा अर्याल-सामान्य ।

८.ऐ.ऐ.बस्ने वर्ष ४को प्रतिष ढोडारी टाउकोमा चोट – अबस्था मध्यम ।

९.जिल्ला बारा स्वर्णपुर गा.पा.३ बस्ने वर्ष २० को भुलेन्द्र यादव-टाउको र खुट्टामा चोट अबस्था मध्यम ।

स्थानिय अस्पतालमा उपचाररत:-

१०.ऐ.ऐ.बस्ने वर्ष ३० को नुराल अन्सारी –सामान्य ।

११.जि.मकवानपुर हे.उ.म.न.पा.११ बस्ने वर्ष १९ को बिसाल कार्की-सामान्य(घर तर्फ गएको) ।

१२.ऐ.मनहरी गा.पा.७ बस्ने वर्ष ३१ को शंकर प्रजा दाहिने खुट्टामा चोट अबस्था सामान्य ।

१३.जि.चितवन भ.म.न.पा.१७ बस्ने वर्ष १९ को ओम ब.गोतामे –सामान्य ।

१४.जिल्ला पाल्पा तानसेन न.पा.६ बस्ने वर्ष २७ को रमा न्यौपाने- सामान्य(घर तर्फ गएको)।

१५.जिल्ला बारा मधुवन गा.पा.५ बस्ने वर्ष १७ को मनोज माझी-सामान्य ।

१६.जि.चितवन मेघौली न.पा.२७ बस्ने वर्ष २० को सुगम महतो-सामान्य  । फाइल तस्वीर