हेटौंडा – मकवानपुरगढी गाउँपालिकाको समृद्धीको आधार शिक्षा, कृषि, पर्यटन र पुर्वाधार भन्ने नारा सहित मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८९–८० को बजेट पारित गरेको छ ।
भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाको देस्रो गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको ७० करोड ७७ लाख ६७ हजार बजेट पारित भएको हो।
असार १० गते सभामा पेश भए पनि छलफल र केही परिमार्जनसहित गाउँ सभाबाट बजेट पारित भएको हो। यसअघिको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन(नेपाली)ले आगार्मी आर्थिक बर्षको ६७ करोड ४४ लाख २२ हजार नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरेकी थिइन् । पारित भएको बजेट ३ करोड ३३ लाख ४५ हजारले बढी रहेको छ ।
वडागत योजनाहरुमा ८ करोड २४ लाख, योजना तथा कार्यक्रममा ५ करोड ४९ लाख ५० हजार, शिक्षा क्षेत्रमा १ करोड ९० लाख, कृषि विकास क्षेत्रमा ८० लाख, पशुपंछी क्षेत्रमा ८० लाख, शिक्षा क्षेत्रमा १ करोड ९० लाख र स्वास्थ्य क्षेत्रमा ५५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष नेपालीले बताईन ।
चालु आवको आगामी आवमा सर्ने अनुमानित दायित्व रकम ७ करोड, संघीय समपुरक अनुदान वापत ५ करोड ३० लाख, प्रदेश सशर्त र विशेष अनुदान वापत ३ करोड ४९ लाख ३८ हजार रुपैंया र प्रदेश समपुरक योजना वापत ३ करोड प्राप्त हुने गाउँपालिका उनले बताईन ।