हेटौंडा – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमतीसहित दुई जनालाई पक्राउ परेका छन् ।
असार २५ गते राती श्रीमान र श्रीमतीसंगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको थियो । खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा कामीलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बि.क. र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको छ ।