हेटौंडा – मोटरसाइकलको लुकिङ ग्लासको रबरभित्रबाट प्रहरीले लागूऔषध ब्राउन सुगर बरामद गरेको छ । सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ गुरुजीबाट करिब ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ हटिया बस्ने २५ वर्षीय अनिल कुमार नगरकोटी र रौतहट चन्द्रपुर नगरपालिका–९ सिन्दुरे बस्ने ३५ वर्षीय नवराज बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरु सवार ना.४६ प १३३० नम्बरको मोटरसाइकलको जाँच गर्ने क्रममा लुकिङ ग्लासको रबरभित्र र दुवै जनाको साथबाट ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।