हेटौंडा – मकवानपुर प्रहरीले १२१ एम्पुल लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका २ का २५ वर्षीय बुद्ध बहादुर डिम्डुङ र हेटौँडा उपमहानगर ८ कमानेका २९ वर्षीय नवीन रुम्बा छन् ।
प्रहरीका अनुसार उनीहरूलाई प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका३ लेबटमा नारायणगढबाट हेटौँडातर्फ आउँदै गर्दा पक्राउ गरेको हो । उनीहरू सवार ना ३३ प ९५७६ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागु औषध बरामद भएको हो । जसमा ४१ एम्पुल डाइजेपाम, ४१ एम्पुल फेनार्गन र ४० एम्पुल नुर्फिन फेला परेको थियो ।