प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एमाले अध्यक्ष ओली आज हेटौंडा आउँदै

२०७९ बैशाख १८, आईतबार ०२:१५ बजे

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदै छन् । नेकपा एमाले मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजनामा हेटौंडा ४ हुप्राचौरमा हुने एमालेको बृहत आमसभा सम्बोधन गर्न आज हेटौंडा आउन लागेका हुन् ।

आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढि जनसहभागिता रहने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।कार्यक्रम सुरु हुनुअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेको बताईएको छ । चुनावी सभामा १० वटै स्थानीय तहका एमालेका उम्मेद्वार,नेता,कार्यकर्ताहरु सहभागि हुने एमालेले जनाएको छ ।