प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, दोहोरो कुराकानी गर्न थाले

२०७९ फाल्गुन १०, बुधबार ०२:३८ बजे

काठमाडौं – भारतको  मुम्बईस्थित  नेसनल  बर्न  सेन्टरमा  उपचाररत प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता  डा.  चन्द्रकान्त  भण्डारीको  स्वास्थ्यमा  सुधार  आएको  छ  । 

डा.  भण्डारीको  उपचारका  क्रममा  अस्पतालमा रहनुभएका सहयोगी योगराज कँडेलका अनुसार  स्वास्थ्यमा  सुधार  हुँदै  गएको  र  दोहोरो  कुराकानी गर्न थाल्नुभएको छ ।

उपचारमा संलग्न डा. सुनील केशवाको भनाइ उद्धृत  गर्दै  कँडेलले  दिएको  जानकारीअनुसार  डा.  भण्डारीले पहिलो पटक दोहोरो कुराकानी गर्दै उपचारमा संलग्न चिकित्सकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

चिकित्सकले डा. भण्डारीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको र थप उपचारका लागि अझै तीन दिनसम्म आईबीसीयू (इन्टेन्सिभ बर्न केयर युनिट)मा नै राखेर उपचार गर्ने जनाएका छन् ।गोरखापत्र दैनिकबाट