प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सडेगलेको अवस्थामा शव फेला

२०७९ कार्तिक २९, मंगलबार १२:१८ बजे

हेटौंडा – सिन्धुलीमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको घ्याङलेख गाउँपालिका–४, सुनखानि माहाभारत जंगलको खोल्सीमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । शवको पहिचान भने प्रहरीले खुलाएको छैन ।

घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।