प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

नेपालगञ्जबाट ल्याइएको राँगोले काठमाडौंमा आतङ्क मच्चाएपछि...

२०७९ श्रावण १३, शुक्रबार ०६:५५ बजे

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ ।थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो ।

राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो ।भागेर आतङ्क मच्चाएको राँगोलाई झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

स्रोतः उज्याले अनलाइन