प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा कारको ठक्करबाट स्कुटर चालक लामाको मृत्यु

२०८१ पौष ८, सोमबार २०:५८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१, तिरतिरे धारास्थित हेटौंडा–भैसे सडक खण्डमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

भैसेबाट हेटौंडातर्फ गइरहेको बा प्र ०३–००२प ७२६७ नंबरको स्कुटरलाई हेटौंडाबाट काठमाडौं जाँदै गरेको BR05BA 0006 नंबरको भारतीय कारले ठक्कर दिएको थियो।

ठक्करबाट मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा–१, चौकीटोलका ३५ वर्षीय युवराज लामा रहेका छन् । गम्भीर घाइते भएका लामाको हेटौंडा अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

कार चालकलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।