प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सबैभन्दा कम बेरूजु बकैया गाउँपालिकामा, कुन पालिकाको कति ?

२०८० बैशाख २, शनिबार ०८:३८ बजे

हेटौंडा – आर्थिक वर्ष २०७८–०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा मकवानपुरको सबैभन्दा बढी बकैया गाउँपालिकाको रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६० औं प्रतिवेदनमा जिल्लाको १० वटा स्थानीय तहमा सबभन्दा कम बेरूजु बकैयाको रहेको उल्लेख छ। आर्थिक वर्ष २०७८०७९ को प्रतिवेदनमा बकैयाको बेरूजु शून्य दशमलव ०।.७ प्रतिशत रहेको छ।

मकवानपुरमा सबभन्दा धेरै बेरुजु भने थाहा नगरपालिकाको रहेको छ । थाहाको ६.५३ प्रतिशत वेरुजु रहेको छ । थाहा नगर यस अघिका दुई आर्थिक वर्षमा सबैभन्दा कम बेरुजु हुँदै देशभरमा उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत भएको थियो ।

जिल्लाको सबैभन्दा धेरै बेरुजु भएको गाउँपालिकाको दोश्रो नम्बरमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका रहेको छ । बागमतीको ३.८४ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी तेश्रो नम्बरमा ३.७८ प्रतिशत सहित राक्सीराङ गाउँपालिका रहेको छ । भिमफेदीको ३.२६, कैलाशको ३.१३, मकवानपुरगढी गाउँपालिकाको २.३७,मनहरीको २.११, इन्द्रसरोवरको १.९५ र हेटौंडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत बेरुजू कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।