हेटौंडा – चितवन ईच्छाकामना गाउँपालिका–३, पानीधारास्थित त्रिशुली नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा, गण्डकी गाउँपालिका–२ बस्ने अन्दाजी ७८ वर्षीय खड्क बहादुर प्रजा रहेका छन् ।
प्रहरीका अनुसार त्रिशुली नदीमा हामफालेर गम्भीर घाइते भएका प्रजाको ट्रमा सेन्टर कुरिन्टार उपचारको क्रममा मृत्यु भएको हो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।