हेटौंडा – मकवानपुरको हेटौंडामा आफ्नै घरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित ओम्याक्स हल अगाडी स्थानीय ७६ वर्षिय शंखमाया लामा आफ्नै घरको दोस्रो तल्लाको बरण्डाबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको बारेमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।