प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

मकवानपुरको मनहरीमा पुलमा स्कुटर गुडाएको पैसा मागेपछि...

२०७९ कार्तिक १, मंगलबार १६:१४ बजे

हेटौंडा – सरकारी लगानीमा बनेको पुल अथवा सडकको प्रयोग गरेबापत सायद कोहीकसैलाई पैसा तिर्नुपर्ने भन्दै ज्यान मार्ने धम्की आएको छैन होला । तर, मकवानपुरमा पुल प्रयोग गरेबापत पैसा माग्दै ज्यान मार्ने धम्की दिएको गुनासो प्राप्त भएको छ ।

मनहरी गाउँपालिका वडा नं.५ र ९ को सिमानामा पर्ने राप्ती खोलाको अस्थायी पुलमा स्कुटर गुडाउदा रु एक सय मागेको र इन्कार गर्दा ज्यान मार्ने धम्की दिएको हेटौंडाका राम प्रसाद पण्डितले बताए ।

‘सरकारले बनाएको पुलमा स्कुटर गुडाएको म किन पैसा तिर्ने ? भनेको l पैसा नदिने भनेपछि मलाई किचेर जान भन्दै बाटो छेके ! मैले बाटो छोड्नुस् भन्दा एक सय नदिए त लाई निमोठेर यही खोलामा फाल्दिन पर्ला रे,’ उनले प्रहर खबरसंग भने ।

स्थानीयबासीलाई आवतजावतमा सहज बनाउनको लागि मनहरी ९ को दर्दरा बसन्तपुर र ५ को डिल्लिपुर जोड्ने हेम पाइप राखेर अस्थायी पुल गाउँपालिकाको पाँच लाख लगानीमा बनाईएको हो । तर, स्थानीय केही ब्यक्तिले पुरा पारिश्रमिक नपाएको कारण रकम संकलन गरिएको बताएका छन् ।

मनहरी गाउँपालिका–५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीले अस्थायी पुल निर्माण उपभोक्ता समितिलाई पुरा भुक्तानी दिएको बताए । ‘पैसा उठाएको गुनासो मैले सञ्जालमा भेटे,’ उनले भने,‘बास्तविक कुरा के हो ? बुझेर छलफल गर्छु ।’