प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चट्याङ लागेर एक जनाको मृत्यु

२०७८ चैत्र २०, आईतबार ०३:२१ बजे

काठमाडौं – गएराति परेको चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजंघा गाउपालिका वडा नं. २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराई रहेका छन् ।

भलिबल खेलाडी समेत रहेका मुकेशलाई शनिबार बेलुका राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो । चट्याङले लागेर घाइते भएका उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याउना साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २३ वर्षीय भट्टराई गाउँपालिकाको राम्रो भलिबल खेलाडी हुन् । जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे ।