काठमाडौं – धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । विभिन्न घटनाका ६ जना आरोपित थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
फरार हुनेहरुमा रोशन महतो, शङ्कर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ छन् । फरार भएकामध्ये विनोद र अनित लागू औषध, रोशन र हरि अभद्र व्यवहार तथा रोशन र शङ्कर अवैध हातहतियार मुद्दाका आरोपित रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए ।